२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनद्वारा ‘ फेंग्युन-३-०८’ भू-उपग्रह सफल प्रक्षेपण

अ+ अ-

च्युच्वान । चीनले शनिबार बिहान आफ्नो नयाँ भू-उपग्रह ‘ फेंग्युन-३-०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो प्रक्षेपण उत्तरपश्चिम चीनस्थित च्युच्वान भू-उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ३:२८ बजे (बेइजिङ समय अनुसार) सम्पन्न भएको हो ।

‘फेंग्युन-३-०८’ उपग्रहको मुख्य उद्देश्य मौसम पूर्वानुमान, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायन विश्लेषण र जलवायु परिवर्तनको निगरानी गर्नु रहेको छ ।

उपग्रहलाई ‘लङ्ग मार्च-४सी’ नामक प्रक्षेपण यानमार्फत अन्तरिक्षमा पठाइएको हो र यसले निर्धारित कक्षमा सफलतापूर्वक स्थान लिएको चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले जानकारी दिएको छ ।

यो भू–उपग्रहमा नौवटा टाढाबाट अवलोकन गर्ने यन्त्रहरू जडान गरिएका छन्, जसमा क्यामेरा र सूक्ष्मतरङ्ग चित्रग्राहक(इमेजर)छन् ।

यस प्रक्षेपणसँगै चीनको विश्वव्यापी सङ्ख्यात्मक मौसम भविष्यवाणी क्षमता, जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण तयारी र प्राकृतिक विपद् रोकथाम तथा न्यूनीकरण सम्बन्धी क्षमता थप सुदृढ हुने सीएनएसएले जनाएको छ ।

यो प्रक्षेपण लङ्ग मार्च शृङ्खलाको ५९६औं सफल मिसन बनेको छ ।