२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँ नजिकिएसँगै भोजपुरमा चहलपहल बढ्यो

अ+ अ-

भोजपुर । दसैँ नजिकिएसँगै यहाँको बजारमा चहलपहल उल्लेख्य मात्रामा बढेको छ । केही समयअघि सुनसान देखिने बजार अहिले किनमेल गर्ने भीडले भरिभराउ बनेको छ । गाउँगाउँबाट दसैँका लागि आवश्यक कपडा, जुत्ता, सरसामान, खाद्यान्नदेखि विभिन्न सामग्री किन्न मानिसहरू सदरमुकाम आएका छन् ।

बजारमा चहलपहल बढेसँगै पसल व्यवसायी पनि व्यस्त भएका छन् । व्यापारीले दसैँलक्षित छुट योजना, नयाँ सामानको भण्डारण र सजावट गरेर ग्राहक आकर्षित गर्ने प्रयास गरेका छन् । दसैँका लागि आवश्यक पर्ने चामल, मासु, मसला, कपडा तथा मिठाइका पसलमा विशेष भीड देखिएको छ ।

यससँगै घर फर्कनेहरूको आवतजावत पनि बढेको छ । लामो समयदेखि रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका मानिसहरू आफ्ना परिवारसँग दसैँ मनाउन घर फर्कन थालेका छन् । सार्वजनिक यातायातमा यात्रु चाप बढेको छ भने टिकट अभाव हुने अवस्थासमेत देखिन थालेको छ ।

स्थानीयवासीले दसैँले आपसी भेटघाट, मेलमिलाप र खुसीको माहोल ल्याउने भएकाले बजारमा चहलपहल बढ्नु स्वाभाविक भएको बताएका छन् । भोजपुर सदरमुकामसँगै टक्सार, दिङला, हतुवागढीलगायतका स्थानीय बजारमा पनि हाल चहलपहल बढेको देखिन्छ । दसैँको नजिकिँदै गर्दा गाउँटोलमा पिङ बनाउने, घरसफाइ गर्ने र नयाँ कपडा खरिद गर्ने क्रमले पनि उत्सवको रौनक थपेको छ ।