काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्नेछ ।
बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको भूमिका, पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ ।
जेनजी प्रदर्शनपछि पहिलो पटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।
२३ र २४ भदौको प्रदर्शनमा ७४ जनाको मृत्यु भएको थियो भने सरकारी र निजी सम्पत्ति समेत गरी खर्बौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।







