२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारबाट भागेका कैदी बन्दी पक्राउ गर्न कार्यदल गठन

अ+ अ-

काठमाडौँ ।  ‘जेनजेड’ प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका कैदी बन्दी पक्राउ गर्न कार्यदल गठन गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो । 

कार्यदलमा सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानुका सशस्त्र प्रहरी निरीक्षक सदस्य र सदस्य सचिवमा तनहुँ कारागारका प्रशासक श्यामसिंह बोहोरा रहेका छन् ।

आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट ३२७ जना फरार भएका थिए । त्यसमध्ये १८७ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । त्यसबाहेक अन्य विभिन्न कारागारबाट भागेका ४४ जनालाई पनि पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको उनले बताए । 

फरार भएका कैदीबन्दीलाई आगामी असोज २० गतेसम्म कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन अनुरोध गरिएको छ । 

अन्यथा कारागार ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारबाही हुने र त्यस्ता कैदीबन्दीहरुलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।