२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनकुटामा विशेष फूलपाती बढाइँ

अ+ अ-

काठमाडौँ। धनकुटामा भव्यताका साथ फूलपाती बढाइँ गरिएको छ । धनकुटाको प्रसिद्ध धार्मिक स्थलका रूपमा चिनिने निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गरी तल्लो टुँडिखेलमा पुर्‍याइ विधिवत् रूपमा पूजाआजा गरी फूलपाती बढाइँ गरिएको हो ।

धनकुटा नगरपालिका-६, स्थित विचबरमा रहेको निशान भगवतति मन्दिरमा विस. १८३१ सालदेखि फूलपाती बढाइँ गरिँदै आएको छ । मन्दिरबाट डोलिमा निशान बोकेर बजारका विभिन्न भाग परिक्रमा गरिएको थियो । डोलिमा बोकेर निकालिएको निशान भिमषेन थान, भिमनारायण चोक, माथिल्लो कोप्चे तल्लो केप्चे हुँदै तल्लो टुँढिखेलमा ल्याएर विधिवत् रूपमा पूजाआरधना गरी समापन गरिएको थियो । फूलपाती बढाइँमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टुकडीले सलामी समेत दिएको थियो ।

यस्तै फूलपाती बढाइँ पूजाआजा सकेर पुनः धनकुटा बजार परिक्रमा गरी निशास भगवती मन्दिरमा लगेर भित्राइएको थियो । करिब एक शताब्दी अघिदेखी धनकुटामा यसरी नै फूलपाती बढाइँ गरिँदै आएको र झाकिसहित निशानदेवीमा असोक, केरा जयन्ती, हलेदो बेलपत्र, धान, सामा, दारीम र माने लगायतका विभिन्न नौ पकारका वनस्पतिका साथ डोलिमा राखेर विशेष पूजा गर्ने चरल रहेको निशान भगवती मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरे गोठालेले बताए ।

उनका अनुसार करिब एक शताब्दी अगाडी देखी धनकुटामा फूलपाती बढाइँ गरिँदै आएको स्थानीय भनाइ छ । फूलपाती बढाइँ हेर्न सर्वसाधारण देखी अन्य प्रशासन, राजनीतिकर्मी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो । झाँकीसहितको निशानदेवी तथा विभिन्न नौ प्रकारका वनस्पतिका साथ डोलीमा राखेर विशेष पूजा गर्ने प्रचलन रहेको छ । 

यस्तै, नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्धेवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिने गर्ने निशान भगवती मन्दिरका पुजारी सुनिल कान्त डुवेले बताए । घटस्थापनाको दिन विधिपूर्वक धान, जौ, मकैको जमरा राखिएको उक्त जमरा दसैँको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रूपमा समेत वितरण ग्रहण गरिन्छ ।