काठमाडौँ । वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।
दुबईको शारजाह क्रिकेट रंगशालामा वेष्ट इन्डिजविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाललाई यो खेलमा जित निकाल्दै ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पार्ने अवसर छ ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले दुई पटकको विश्व विजेता टेष्ट टोली वेष्ट इन्डिजमाथी ऐतिहासिक जित निकालेको थियो ।
दोस्रो खेलमा आदिल आलम प्लेइङ-११ मा अटाएका छन् । नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने यो खेलमा पनि प्लेइङ- ११ मा अटाएका छैनन्







