२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिङ्गे पिङ, मेलापर्व र भेटघाटले म्याग्दीमा चाडपर्वको रंग

अ+ अ-

काठमाडौँ । वर्षा कम हुँदै गएपछि शरद्याममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरू । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिँदाको आनन्द । 

शरद्यामको मौसमसँगै चाडपर्वले मानिसहरूको मनमा उमंग छाएको छ । सहर बजार र विदेशिएकाहरु दसैँ पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघर गुन्जायस भएका छन् । 

रोजगारी, अध्ययन, पेसा र व्यवसायको लागि बजार झरेका र विदेशिएकाहरु जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका–३ का गोविन्द पटेलले बताए ।

“अघिपछि गाउँघरमा युवाहरू नभए पनि विदेशीएका र सहर पसेका आफन्तहरू गाउँ फर्केपछि रौनक छाएको छ,” उनले भने “चाडपर्वले वर्षौँपछिका आफन्त, साथीभाइ र ईष्टमित्रहरुको मिलन गराउँदा उमंग छाएको छ ।” 

छ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसङ्ख्या छ । वि.स. २०६८ पछिको दश वर्षमा म्याग्दीको जनसङ्ख्या करिब सात हजार जनाले घटेको हो ।  गाउँ गाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिसहरू सहर तथा विदेशीने क्रम बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दीका स्थानीय तहहरूमा ८९ परिवार बसाई सराई गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन् । 

अन्य समय विद्यालय उमेरका बालबालिका र जेष्ठ नागरिकहरू बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसहरूको चहलपहल बढेको छ । धवलागिरि गाउँपालिका–७ ताकमका सुनेश केसी पाँच वर्षपछि दसैँ मनाउन कोरीयाबाट जन्मथलो आएका छन् ।  

“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर न्यास्रो लाग्थ्यो,” उनले भने “उकाली ओराली गरेका भूगोल, सँगै पढेका साथीभाइ, आफन्तजन र छिमेकीहरूसँगको आत्मीयता विदेशमा हुदैन् ।”

सहर बजार र विदेशको चाडपर्व घर र परिवारमा सीमित हुन्छ । गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुकेको हुन्छ । आफन्त साथीभाइ र इन्टमित्रहरुको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका–५ का दिनेश बानियाले बताए । 

दशैको नवदुर्गामा गरिने पूजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दशैको विशेष महत्त्व हुने दसैँ मनाउनका लागि बेनीबाट दसै मनाउन जन्मथलो रघुगङ्गा –४ दग्नाम स्थित घरमा गएकी सोनालिका गर्बुजाले बताइन् । 

“बच्चा हुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्ग पिङ हालेका छौ,” पोखराबाट दसैँ मनाउन धवलागिरि गाउँपालिका–७ हिलापोखरी स्थित जन्मथलोमा आएका खुम पुनले भने “बाँसको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच… हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै हुन्छ ।” 

गाउँको बाटाघाटा र सार्वजनिक स्थल श्रमदान गरेर सरसफाइ गरेका छन् । प्राय:जसो गाउँका कोतघरहरुमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसे चौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतान लगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ ।