२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजकीय देवी कुमारी बनिन् साढे दुई वर्षीया आर्यतारा शाक्य 

अ+ अ-

काठमाडौँ । साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन्। 

उनी शाक्य समुदायका १६ वटा बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन्। उनका पिता अनन्त शाक्य, आमा प्रतिष्ठा शाक्य र बहिनी परमिता शाक्य हुन्।

आर्यतारा मंगलबार, अष्टमीका दिन ऐतिहासिक कुमारी घर, काठमाडौँमा औपचारिक रूपमा पूजनीय भएकी छिन्।

आर्यतारा हालकी कुमारी तृष्णा शाक्यको उत्तराधिकारी बनेकी हुन्। तृष्णाको कुमारीकाल उनको किशोरावस्थामा प्रवेशसँगै परम्परा अनुसार समाप्त भएको हो। कुमारीकाल समाप्त भएपछि उनलाई बाजा गाजा सहित विशेष पूजापाठ गरेर घरसम्म पुर्‍याइयो र परम्परागत रीति अनुसार बिदाइ गरियो ।

कुमारीलाई हिन्दु देवी तलेजुको जीवित अवतार मानिन्छ। उनको चयन प्रक्रिया प्राचीन तान्त्रिक विधि र ज्योतिषीय मूल्याङ्कनमा आधारित हुन्छ। यसमा पञ्चाङ्ग समिति, तलेजुका मूल पुजारी, गुठीका प्रतिनिधि र ज्योतिषी संलग्न हुन्छन्। राजकीय कुमारी शाक्य कुलकै हुनुपर्छ र आमा-बुवा दुवै जना काठमाडौँका स्थानीय शाक्य समुदायका हुनुपर्छ।

नवनियुक्त कुमारीमा शारीरिक र धार्मिक गुणलाई विशेष महत्व दिइन्छ। परम्परा अनुसार, कुमारीमा ३२ गुण हुनु अनिवार्य छ-जसमा सुन्दरता, शारीरिक शुद्धता, शान्त स्वभाव, दैवी स्वरूपका विशेषताहरू, शरीरमा कुनै घाउ वा दाग नहुनु, सबै दाँत पूरा हुनु, र असामान्य निडरता देखाउनुपर्ने अपेक्षा रहन्छ।

आर्यताराको नियुक्तिले नेपालमै अद्वितीय शताब्दीपुरानो परम्परालाई निरन्तरता दिएको छ। राजकीय जीवित देवी कुमारीलाई हिन्दु तथा बौद्ध दुवैले पूजा गर्छन् र उनी राष्ट्रिय सांस्कृतिक तथा धार्मिक जीवनमा महत्त्वपूर्ण प्रतीकात्मक भूमिकामा रहन्छिन्।