काठमाडौँ । वेष्ट इन्डिजविरुद्धको तेस्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । वेष्ट इन्डिजले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको हो ।
वेष्ट इण्डिजविरुद्धको तेस्रो टी-२०आई खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।
नेपालले दोस्रो खेल खेलेका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र ललित राजवंशीलाई तेस्रो खेलमा विश्राम दिएको छ । उनीहरूको ठाउँमा लोकेश बम, शाहव आलम र आरिफ शेख प्लेइङ-११ मा समावेश छन् ।
प्लेइङ-११ मा रोहित कुमार पौडेल (कप्तान), लोकेश बम, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, करण केसी, आदिल आलम, शाहव आलम, गुलशन झा र सोमपाल कामी छन्।







