२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीलाई राजदूतावासको अनुरोध

अ+ अ-

काठमाडौँ। नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरिएको छ।

विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्नु अनुरोध गरेका हुन्।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरवा, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा आगजनी तथा तोडफोड गरिएको थियो। धेरै सरकारी कार्यालयहरू जलेर पुर्णरूपमा ध्वस्त बनेका छन्।

भौतिक पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण गर्न ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको थियो। सोही अनुसार पुनर्निर्माणका लागि सरकारले पुनर्निर्माण कोष खडा गरेको थियो।

अर्थ मन्त्रालयले भौतिक क्षतिको पुनर्निर्माण गर्न उक्त कोषमा सहयोग गर्न स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई अनुरोध गरिएको थियो। सोही अनुसार विदेशस्थित नेपाली नियोग तथा दूतावासहरूले कोषमा सहयोग गर्न नेपालीहरूलाई अनुरोध गरेका हुन्।

कतारस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै कोषमा सहयोग गर्न अनुरोध गरेको छ। जेनजी आन्दोलनका क्रममा देशका अधिकांश स्थानहरूमा क्षति पुगेका र भौतिक पूर्वाधारहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि सरकारले कोष स्थापना गरेको भन्दै त्यसमा सहयोग गर्न अनुरोध गरेको हो।

कतार तथा इरानमा रहेका नेपाली तथा गैर आवासीय नेपालीलाई आफ्नो तर्फबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी हुन अनुरोध गरेको हो।

त्यस्तै कुवेतस्थित नेपाली राजदूतावासले समेत सामाजिक सञ्जाल फेसबुकमार्फत कोषमा सहयोग गर्न अनुरोध गरेको छ।

नेपाली राजदूतावास इजरायलले समेत कोषमा सहयोग गर्न अनुरोध गरेको छ। दूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीहरूलाई सहयोग गर्न अनुरोध गरेको हो। आफ्नो तर्फबाट सहयोग गरी राष्ट्रको पुनर्निर्माणको महाअभियानमा सहभागी हुन दूतावासको अनुरोध छ।

विदेशमा रहेका नेपालीहरूले समेत कोषमा सहयोगार्थ विभिन्न कार्यक्रमको आयोजना गर्न थालेका छन्। गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले मातृभूमि प्रतिको दायित्व र कर्तव्य भएको बताउँदै कोषमा सहयोग गर्न अनुरोध गरेको छ।

अध्यक्ष महेशकुमार श्रेष्ठले एक सूचना जारी गर्दै भूकम्प, बाढी र अन्य संकटका बेला एनआरएनले सहयोग गर्दै आएको जनाउँदै देशलाई संकट परेको बेला सहयोग गर्न अनुरोध गरेका हुन्।

एनआरएनए नेपाल पुनर्निर्माण अभियान’ मार्फत राष्ट्र पुनर्निर्माण, प्रशासनिक सेवा पुनर्स्थापना र सुरक्षा सुनिश्चित गर्नका लागि योगदान गर्न अनुरोध गरिएको हो। हरेक देशमा रहेका एनआरएन समुदायलाई सहयोग गरी यस मिसनलाई सफल बनाउन समेत अनुरोध गरिएको छ।