२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन ललितपुर प्रशासनको आग्रह

अ+ अ-

ललितपुर । जिल्ला प्रशासन कार्यालयले यही असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान शाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी पर्ने सम्भावना रहेको बताएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको हो । 

प्रशासनले विशेष गरी काठमाडौँ उपत्यका, काभ्रेपलान्चोक, मकवानपुरलगायतका जिल्लामा साना नदी–नालामा आकस्मिक बाढी आउन सक्ने, बाढी, डुबान, पहिरो तथा भू–क्षयजस्ता विपद् हुने जोखिम बढ्ने चेतावनी दिएको छ । 

कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका तथा महाँकाल गाउँपालिका जोड्ने मुख्य र सहायक सडक मार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । अत्यावश्यक बाहेक रात्रीकालीन समयमा सवारी सञ्चालन नगर्न सुझाव दिइएको छ ।

त्यसै गरी, संवेदनशील क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई असोज १७ देखि २० गतेसम्म विशेष सावधानी अपनाउन, जोखिम कम गर्न पूर्व तयारी गर्न तथा सुरक्षा निकाय वा स्थानीय तहले जारी गर्ने सूचनाअनुसार प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ ।