काठमाडौँ। भागेका कैदी बन्दीलाई आश्रय नदिन कारागार कार्यालय नवलपरासीले अनुरोध गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात् भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए । उनीहरूमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर)भइसकेका छन् ।
भागेका कैदी बन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन कारागार प्रशासनले आग्रह गरेको छ ।
कसैले आश्रय दिएको वा लुकाए थाह पाएपछि उनीहरुलाईसमेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालयले जनाएको छ ।
हाजिर नभएका कैदी बन्दीको हकमा कारागार कार्यालयले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको छ ।
नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २१९ र महिला ३२ जना गरी सम्म २५१ जना हाजिर भइसकेको छन् ।







