२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्भावित वर्षासहित विपद्जन्य घटनाबाट जोगिन जिल्ला प्रशासनको आग्रह

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, कास्कीले आज शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

कास्की प्रशासन कार्यालयले सम्भावित वर्षाका कारण बाढी पहिरो, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन सार्वजनिक सूचना जारी गरी सम्बद्ध सबैसँग अनुरोध गरेको हो । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै सो कार्यालयले यस किसिमको सूचना जारी गरेको हो ।  

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नागरिकको जिउधनको सुरक्षालाई दृष्टिगत गरी आगामी सोमबारसम्म अति जरुरी काम नपरी टाढाको दुरीमा र रातिको समयमा यात्रा नगर्न तथा नदी एवं खोला आसपासका क्षेत्रमा रहँदा विशेष सावधानी अपनाउन सम्बद्ध सबैसँग अनुरोध गरिएको जानकारी दिए ।  

यसैगरी आगामी सोमबारसम्म राजमार्ग तथा ग्रामीण सडकमा संयततापूर्वक सवारीसाधन सञ्चालन गर्न र क्षमताभन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायी एवं सवारी चालेकोसमेत कास्की प्रशासनले ध्यानाकर्षण गरेको छ ।  

यसै सन्दर्भमा बिरेठाँटीदेखि घान्द्रुक तथा उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ-सिक्लेस जाने सवारीसाधन शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि दिउँसो चार बजेभित्र छुटिसक्ने व्यवस्था मिलाइएको छ । सोही मार्गबाट फर्कने सवारीसाधनलाई शनिबार बिहान ५ बजेपछि मात्र छुट्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाललगायतका क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरेको छ । कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकाय र स्थानीय प्रशासनमा  सम्पर्क गर्न अनुरोध गरिएको छ ।

स्थानीय तह, रेडक्रससहित साझेदार संस्था, निजी क्षेत्र, नागरिक समाजलगायत सरोकार भएका सबै पक्षलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सचेत गरिएको छ । 

कास्की प्रशासन कार्यालयले गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडक खण्डमा डोजर, एक्स्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकाय तथा कार्यालयलाई अनुरोध गरेको छ ।