काठमाडौँ । कटहरिया नगरपालिका-२ का २ जना किशोरको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको छ ।
आज साँझ ६: ३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नवीन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा अविरल वर्षाका कारण डुबान पनि परेको छ । बस्ती र सरकारी कार्यालयहरू डुबानमा परेका छन्।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा ३२६ मिलिमिटर० गौरमा ३०४।४ मिलिमिटर, गरुडमा २७०.४ मिलिमिटरमा पानी परेको छ ।







