काठमाडौँ । एमाले निकट अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र हामी नेपाली संस्था अध्यक्ष तथा जेनजेड आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिने तयारी गरेको छ।
लुटपाट, आगजनी र प्रहरी हत्या जस्ता आरोपमा कारबाहीका लागि आजै प्रहरी परिसर काठमाडौँमा जाहेरी दिन लागिएको अनेरास्ववियुका महासचिव दीपक धामीले बताए ।







