२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्य सिजनमै घटे पर्यटक

अ+ अ-

काठमाडौँ । नेपालमा मुख्य पर्यटन सिजनमै पर्यटक आगमन संख्या घटेको छ । सेप्टेम्बर २०२५ मा ७८ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार गत सेप्टेम्बरमा ७८ हजार ७ सय ११ पर्यटक नेपाल घुम्न आएका हुन् । यो संख्या सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो ।

नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सिजन मानिन्छ । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३ सय २ पर्यटक नेपाल घुम्न आएका थिए । २०१९ को तुलनामा समेत यस वर्ष पर्यटक आगमन खस्किएको छ । त्यसबेला ९२ हजार ६ सय ४ पर्यटक आएका थिए ।

दक्षिण एसियाली देशबाट गत वर्ष सेप्टेम्बरमा ३३ हजार ६ सय ११ र यस वर्ष २४ हजार २ सय ८५ पर्यटक आएका छन् । जुन २७.७ प्रतिशत कम हो ।

यस्तै एसियाका अन्य देशबाट १२ हजार ५ सय ९०, युरोप १६ हजार ५ सय ९७, अमेरिका ११ हजार ५ सय २३, ओसेनिया ७ हजार ३ सय १४ र मध्यपूर्वबाट २ हजार ३ सय २८ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ । आन्दोलनपछि नेपाल असुरक्षित भएको भन्दै घुम्न आउन बुकिङ गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका थिए ।

पर्यटन बोर्डको तथ्यांक अनुसार सेप्टेम्बरमा आएकामध्ये १९।८ प्रतिशत पर्यटक भारतीय छन् । उक्त महिना १५ हजार ५ सय ५६ भारतीयले नेपाल घुमेका थिए । गत वर्ष सोही अवधिमा २२ हजार ९ सय ८४ भारतीय आएका थिए । गत वर्ष सोही महिनाको तुलनामा यो वर्ष भारतीय पर्यटक ३२।३ प्रतिशतले घटेका छन् ।

यस्तै अमेरिकाबाट ९ हजार ६ सय ७९ पर्यटकले सेप्टेम्बरमा नेपाल भ्रमण गरे । २०२४ को सोही महिनामा १० हजार ८४ पर्यटक नेपाल आएका थिए ।

सेप्टेम्बरमा अस्ट्रेलियाबाट ६ हजार ८ सय २४, चीन ५ हजार २ सय ३७ र बेलायतबाट आएका ४ हजार ९ सय ८१ पर्यटकले नेपाल घुमेका छन् ।