२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा कफ सिरपको प्रयोगबारे सावधानी अपनाउन विभागको आग्रह

अ+ अ-

काठमाडौँ । भारतमा उत्पादन भएको खोकीको झोल औषधि (कफ सिरप) सेवनबाट बालबालिकाको मृत्यु भएको घटनापछि नेपालले सतर्कता अपनाएको छ ।

औषधि व्यवस्था विभागले औषधिको सुरक्षित र प्रयोगबारे सूचना सार्वजनिक गर्दै आम नागरिक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीलाई सावधानी अपनाउन आग्रह गरेको हो ।

भारतीय कम्पनी स्रेसन फार्माले उत्पादन गरेको कफ सिरपमा विषाक्त रसायन पाइएको छ । दूषित कफ सिरपको कारणले अगस्टको अन्त्यदेखि मध्य प्रदेश र राजस्थान राज्यमा ९ वर्ष मुनिका १४ बालबालिकाको मृत्यु भएको हो कि भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

औषधिको एक ब्याचमा खतरनाक मात्रामा विषाक्त रसायन भेटिएपछि शनिबार संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले अनुसन्धानको निर्देशन दिएको थियो ।

मन्त्रालयले दक्षिणी राज्य तमिलनाडुमा स्रेसन फार्माद्वारा निर्मित कोल्ड्रिफ कफ सिरपको नमुनाहरू राज्य अधिकारीहरूले परीक्षण गर्दा अनुमति योग्य सीमाभन्दा बढी डाइएथलिन ग्लाइकोल र एथलिन ग्लाइकोल जस्ता मिश्रणबाट बनाइएको बताएको छ ।

उक्त रसायन औद्योगिक घोलकहरूमा प्रयोग हुने विषाक्त पदार्थ हो । जुन थोरै मात्रामा पनि सेवन गर्दा घातक हुनसक्छ । ‘नमुनाहरूमा अनुमतियोग्य सीमाभन्दा बढी रसायन पाइएको छ,’ भारतीय स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्दै भनेको छ ।

मध्य प्रदेशभर सिरप उत्पादन गर्ने कम्पनीका अन्य उत्पादनहरूको बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ ।

तर, उक्त समस्या देखिएको भारतीय कफ सिरप नेपालमा दर्ता नै नभएको औषधि व्यवस्था विभागले दाबी गरेको छ ।