काठमाडौँ । कैलालीमा पेस्तोलसहित एक युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ बेलारका २३ वर्षीय आकाश शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शाहीको साथबाट टाइप ५४ नम्बर ५५०१०२३४ को चाइनिज पेस्तोल र म्यागजिन एक थान बरामद गरिएको छ।
शाहीले आफ्नै भान्सा कोठाभित्र लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरीले पेस्तोल बरामद गरेको हो। हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







