काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बाल बन्दीमध्ये अझै ४५ बालबन्दी अझै फरार रहेका छन् ।
फरार भएकामध्ये ३३ जनालाई पक्राउ गरिएको नौबस्ता बाल सुधारगृह, बाँकेले जनाएको छ । ९ जना बालबन्दी सम्पर्कमा आएको, तीन जना चितवन र एक जना काभ्रेमा पक्राउ गरिएको जानकारी दिँदै फरार भएकालाई पक्राउ गर्न अभिभावकसहित सबै संयन्त्र परिचालन भएको सुधार गृहको भनाई छ ।
फरार भएकाहरू १७ वर्षदेखि २५ वर्षसम्म उमेर समूहका छन् । अहिले नौबस्ता बालसुधार गृहमा १२२ बालबन्दी रहेका छन् ।







