काठमाडौँ । माइतीघरमा प्रदर्शन गर्न गएका थप १७ जना पक्राउ परेका छन् । जेन जेडमाथि धोका भएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका थप १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
हाल उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। यसअघि आजै सञ्जीव दाहाल डा. निकोलस भुसाललाई पनि प्रहरीले नियन्त्रणमा लिएका थियो।
काठमाडौँ जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको थियो ।







