काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिने सेवाग्राहीको चाप बढेको छ ।
दसैँ मनाउन घर फर्किएकाहरूले समयको सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने भएका कारण सेवाग्राहीको चाप बढेको हो ।
अन्य समयमा सरदर नयाँ नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका सेवामा सरदर ५०/६० जनाले सेवा लिने गर्दर्थे । दसैँपछि भने यो संख्या दोब्बरले बढेको छ ।
दसैँपछि कार्यालय खुलेकै दिनमा तेब्बरले सेवा लिन आएको जिल्ला प्रशासन कार्यालय गुल्मीले के छ ।
चाडपर्वको बीचको समयमा सेवाग्राही चाप दैनिक जसो बढ्ने गरेको छ ।
कार्यालयको क्षमता भन्दा सेवाग्राहीको संख्या अत्यधिक बढ्दै गएकाले भिड बढने गरेको हो । प्रशासन कार्यालयमा सेवाग्राही बिहान सात बजेबाटै बेलुका अबेरसम्म नयाँ नागरिकता सँगै प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको चाप बढने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही समयदेखि राष्ट्रिय परिचयपत्र र राहदानीमा टोकन सिस्टम प्रयोग गरेर सेवा प्रवाह भइरहेको छ । जसले कार्यालय र सेवाग्राहीलाई सहजता मिलेको छ । तर, नागरिकता वितरणमा भने टोकन प्रणाली छैन ।
जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवासँगै समय समयमा आउने थप जिम्मेवारीलाई उच्च महत्त्वका साथ सम्पादन गर्ने गरेको छ ।







