२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्न छुट्टै राजनीतिक दल खोल्न सुझाव

अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरूको छुट्टै राजनीतिक दल खोल्नुपर्ने बताएका छन् ।

आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौँस्थित एक होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरूले छुट्टै राजनीतिक दलको आवश्यकता औँल्याएका हुन् ।

‘चाँडोभन्दा चाँडो हामीले जेनजी समूह जम्मा भएर राष्ट्रिय राजनीतिक पार्टी गठन अपरिहार्य छ,’ भेलामा शहिद परिवारका एक सदस्यले भने ।

जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनीतिक दल गठन हुनुपर्ने उनीहरूको भनाइ छ ।

राजनीतिक दल गठन पश्चात् जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरूले बताएका छन् ।

उनीहरूले सरकारले तुरुन्तै शहीदहरूको सपना र घातहरूको माग सम्बोधन गर्नुपर्ने पनि बताए ।

भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न पनि उनीहरूले माग गरे ।

‘भाइ फुटे गोबार लुटे अवस्था अब नबनोस्, हामी सबै एकजुट हुनुपर्ने आवश्यकता छ,’ अर्का एक सहभागीले भनेका छन् ।

जेन जीको समूह फरक-फरक भएको भन्दै उनीहरूले एकजुट हुन पनि आग्रह गरे ।

जेन जी आन्दोलनका उपलब्धिहरूको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै धनजनको क्षति भएको छ ।