काठमाडौँ । दुई जना सचिवमा बढुवा भएका छन्। बिहीबारको न्याय परिषद्को बैठकले विशेष अदालतमा दरबन्दी रही न्याय परिषद् सचिवालयमा काजमा रहेका रजिष्ट्रार जितेन्द्र बाबु थपलियालाई सचिवमा बढुवासहित न्याय परिषद्मा पदस्थापन गरेको छ।
यसैगरी, महान्यायाधिवक्ताको कार्यालयका कायम मुकायम नायब महान्यायाधिवक्ता उद्धव प्रसाद पुडासैनीलाई पनि सचिवमा बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको छ।








