२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री कार्की बिहीबार अपरान्ह अर्थमन्त्री रामेश्वर खनाल र सञ्चार मन्त्री जगदीश खरेललाई लिएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।

भेटमा संलग्न सञ्चार मन्त्री खरेलका अनुसार चुनावका लागि सरकार र निर्वाचन आयोगले गरिरहेका कामहरुकैबारे छलफल भएको छ ।

सरकार बनेको करिब तीन महिना बितिसकेको छ ।  तर यो बीचमा राजनीतिक दलहरूसँग सरकारको औपचारिक संवाद भएको छैन ।

राजनीतिक दलका नेताहरूले यो बीच राष्ट्रपति पौडेललाई भेटेर चुनावका मुख्य सरोकारवाला दललाई सरकारले वास्ता नगरेको भन्दै गुनासो पनि गरिरहेका थिए ।

केही दिन अघि काँग्रेसका नेताहरू पुगेर राष्ट्रपति पौडेललाई राजनीतिक संवादका लागि सहजीकरण गर्न राष्ट्रपतिकै ध्यानाकर्षण गराएका थिए ।

दसैँ अघि एमाले नेताहरूले पनि राष्ट्रपतिलाई भेटेका थिए । त्यसक्रममा उनीहरूले सरकारले चुनाव गराउने दिशामा ध्यान नदिएको धारणा राष्ट्रपतिसमक्ष राखेका थिए ।

तर बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भने वर्तमान सरकारप्रति विश्वास नरहेकाले चुनावमा भाग नलिने घोषणा गरेका छन् ।

त्यस्तै केपी शर्मा ओली र काँग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको र उनीहरूलाई पक्राउ गर्न दबाब समेत दिएकाले चुनावको राजनीतिक वातावरण बिग्रेला कि भन्ने चिन्ता थपिएको छ । यही अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार शीतल निवासमा चुनावमै केन्द्रित भएर करिब ४० मिनेट छलफल गरेका हुन् ।