काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनतामा ठुलो संकट पैदा भएको बताएका छन् ।
आज सम्पादकहरूसँगको छलफलमा ‘प्रचण्ड’ले सो धारणा राखेका हुन् ।
‘राष्ट्रिय स्वाधीनतामा यति ठुलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठुलो चुनौती पहिले कमै थियो ।’
उनले राजनीतिक संकट पनि कायमै रहेको बताए ।
जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि ‘प्रचण्ड’ले बताए ।







