२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सयपत्री फूलमा आत्मनिर्भर बन्दै पोखरा

अ+ अ-

गण्डकी । तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको छ । विगतमा तिहारका लागि पोखरामा ठूलै मात्रामा फूल बाहिरबाट आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ ।

पछिल्ला वर्षमा घरका लागि आवश्यक हुने फूल अधिकांशले घरघरमा नै तयार गर्नाका साथै यस क्षेत्रमा व्यावसायिक फूल खेती गर्ने क्रम बढेसँगै पोखरा सयपत्री फूलमा आत्मनिर्भर बन्दै गएको हो ।

सयपत्री फूलप्रतिको आत्मनिर्भरता बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता फूलको बीउ वितरणलगायतमा अनुदान सहयोगसमेत गर्दै आएको महानगरपालिकाका कृषि विकास शाखाप्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरपालिकाले फूल खेतीमा लाग्ने किसानलाई लक्षित गरी फूलको न्यूनतम समर्थन मूल्य तोक्नाका साथै आवश्यक अन्य सहयोग पनि प्रदान गरिरहेको उनको भनाइ छ ।

“यस वर्षका लागि महानगरपालिकाले पोखरामा करिब १२० रोपनी क्षेत्रफलमा पुग्नेगरी अनुदानमा फूलको बीउ वितरण गर्नाका साथै गत असारमा तालिम पनि दिएको थियो”, उनले भने, “फूलका लागि मौसम पनि उपयुक्त नै भएकाले यस वर्ष फूलको राम्रै उत्पादन हुने अनुमान गरेका छौँ ।”

पछिल्ला वर्षमा पोखरामा उत्पादित फूल क्रमशः आत्मनिर्भरतातर्फ उन्मुख बन्दै गएको उनले जानकारी दिए । यस वर्ष तिहारका लागि बजारमा पुग्नुअघि कृषि सञ्जालसँग छलफल गरी फूलको बिक्री मूल्य तोक्ने योजना रहेको उनले बताए।