२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानलाई हराएर समूह विजेता बन्दै थप २ अंकसहित सुपर सिक्समा पुग्यो नेपाल

अ+ अ-

काठमाडौँ। ओमनमा जारी आइसिसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर-६ मा पुगेको हो ।

जापानले दिएको १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।

बलिङमा जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी-फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए ।

उनले दोस्रो विकेटका लागि इसम रहमानसंग ८६ रनको साझेदारी गरेका थिए । रहमानले २५ बलमा ३१ रनको योगदान दिए । एक समय ठूलो स्कोरतर्फ उन्मुख जापानका मध्य क्रमका ब्याटर चल्न नसक्दा स्कोर १३१ मै रोकिन पुग्यो ।

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले दुईदुई तथा सोमपाल कामी र गुल्सन झाले एक विकेट लिएका थिए।

जापानलाई हराएसंगै नेपालले २ अंक लिएर सुपर(६ मा गएको छ । अब नेपालले सुपर(६ मा समूह ए र सीबाट आउने २(२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि शीर्ष ३ मा रहन सके अर्को वर्ष हुने टी(२० विश्वकपमा छनोट हुनेछ ।