२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बन्ने चर्चा बीच टासी ल्हाजोम विवादमा

अ+ अ-

काठमाडौं। तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्मा मन्त्री बन्ने चर्चा भएकी टासी ल्हाजोम विवादमा तानिएकी छन्।

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेकामा टासीलाई कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको समाचार सार्वजनिक भएपछि जेनजी कर्णालीले त्यसप्रति तीव्र आपत्ति जनाएको छ।

जेनजी कर्णालीकी संयोजक सुप्रिया शाहीले आइतबार एक विज्ञप्ति जारी गर्दै टासी ल्हाजोमको नागरिकता विवादास्पद रहेको र उनी जेनजी आन्दोलनमा कुनै किसिमको भूमिका नखेलेको बताएकी छिन्। विज्ञप्तिमा भनिएको छ, “सरकारले कुनै पनि निर्णय गर्नुअघि प्रदेश र स्थानीय तहका जेनजीहरूसँग छलफल र परामर्श गर्नु आवश्यक छ।”

शाहीले टासी ‘फ्री तिब्बत’ अभियानसँग संलग्न रहेको आशंका पनि व्यक्त गरेकी छन् र यसबारे तत्काल छानबिन गर्न सरकारसँग माग गरेकी छन्। उनले सरकारलाई विवादास्पद व्यक्तिलाई बिना छलफल जिम्मेवारी दिनु अयोग्य कदम भएको बताएकी छन्।

विज्ञप्तिमा चार बुँदामा माग राख्दै जेनजी कर्णालीले टासीको नागरिकता, राजनीतिक संलग्नता र विगतका गतिविधिबारे स्पष्टता ल्याउन, जेनजी आन्दोलनमा भूमिका खेलेका व्यक्तिहरूको योगदान सार्वजनिक गर्न र कुनै पनि नियुक्ति गर्नुअघि स्थानीय प्रतिनिधिहरूसँग परामर्श गर्न आग्रह गरेको छ।

शाहीले थपेकी छन्, “जेनजी आन्दोलनको भावना र आत्मबलिदानको सम्मान गर्दै सरकारले पारदर्शी ढंगले निर्णय गर्नुपर्छ।”

यसअघि सार्वजनिक भएका समाचारअनुसार, टासी ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने तयारी गरिएको थियो। तर, उनीबारे जेनजी समुदायभित्रै असहमति देखिएपछि विवाद चुलिएको हो।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले पनि यस विषयमा थप छलफल गर्ने बताएकी छन्।