काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको धरहरीस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई घुससहित नियन्त्रणमा लिएको छ।
धरहरीमा शिक्षक आवश्यकता भनी खुलाइएको विज्ञापनमा सेवाका लागि दरखास्त दिएका एक शिक्षकबाट नियुक्तिका लागि प्रधानाध्यापक प्रसादले अरविन्द प्रकाश साहकानु मार्फत रु. ४ लाख ५० हजार घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले अनुसन्धान थालेको थियो।
आयोगका अनुसार टोलीले घुस मागेको रकम रु. ४ लाख ५० हजार सेवा सुविधासहित घुस/सुविधा बापत माग गरेको पुष्टिसँगै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अरविन्द प्रकाश साहकानु र संजय प्रसादलाई आयोगले विरगंज महानगरपालिका–१३, वीरगंज रोडस्थित होटलबाट पक्राउ गरेको जनाएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलकाअनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।








