काठमाडौँ । रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेमा शनिबार दिउँसो १ बजे कालिका गाउँपालिका-३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार सडक निर्माणको क्रममा स्काभेटर चालक पौडेललाई एक्कासि करेन्ट लागेको हो । हाल मृतकको रसुवा अस्पतालमा पोस्टमार्टम भएको प्रहरीले जनाएको छ।







