२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा एक दशकदेखि पुष्प व्यवसायमा लागिरहेका छन् । विगतमा तिहारलाई लक्षित गरी उनले सयपत्री फूल बिक्री गर्थे, यस पटक भने फूलका बिरुवा मात्रै बिक्री गरेका छन् ।

बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरिसकेका छन् । फुल्न थालेका बिरुवा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने ग्राहकलाई उनले बिरुवा बिक्री गरेको बताए ।

पछिल्लो समय तिहारमा सयपत्री फूल खरिद गर्नुभन्दा बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बोहोराले बताए । उनले रु. ४० मा माटोसहितको फूलको बिरुवा बिक्री गरेको उनले बताए । 

‘गत वर्षसम्म फूलको मात्र बढी कारोबार हुन्थ्यो, यस पटक फूलभन्दा बिरुवाको कारोबार बढी भयो । हालसम्म पाँच हजार बिरुवा बिक्री गरिसकेँ । हाल माग धान्न नसकेर अन्य ठाउँबाट ल्याएर फूलका बिरुवा बिक्री गरिरहेको छु,’ बोहोराले भने, “विभिन्न जातका फूल तथा फलफूलका बिरुवा नर्सरीमा उत्पादन गर्दै आएको छु । यस पटक बिरुवा बिक्रीबाट रु. दुई लाख कारोबार गरिसकेको छु ।”

भारतको नयाँ दिल्लीमा ‘बिएसी बोट्नी’ विषयमा अध्ययन गरेर जन्मथलो फर्केर पुष्प व्यवसाय गरिरहेका बोहोराले वर्षमा रु. १५ लाखसम्म फूलको कारोबार गर्ने गरेको सुनाए । साबिकको धौलागिरि अञ्चलमा व्यावसायिक पुष्प खेतीको अभाव रहेको र बजार विस्तारको राम्रो सम्भावना देखेपछि आफ्नै घरबाट थालेको पुष्प व्यवसायलाई साढे चार रोपनी क्षेत्रफलमा विस्तार गरिसकेको उनले जानकारी दिए ।

बोहोराले मौसमी मात्रै नभएर बेमौसमी फूलको समेत कारोबार गर्दै आएका छन् । उनले फूल बिक्रीबाटै तिहारबाहेक मासिक रु. एक लाख ५० हजारभन्दा बढी आम्दानीसमेत गर्दै आएको सुनाए ।  

“तीन वर्ष काठमाडौँमा विज्ञान विषयको शिक्षक पनि भएँ ।  व्यवसायमा नामसँगै आम्दानीसमेत गर्न सकिन्छ भनेर गृह जिल्ला फर्केर पुष्प व्यवसायमा लागेको हुँ”, बोहोराले भने, “सोचेअनुसार नै भइरहेको छ । नर्सरीमा तीन जनालाई प्रत्यक्ष रोजगारी दिइएको छु । बाह्रै महिना फूलको कारोबार गरिरहेको छु ।”

उनको नर्सरीमा सयपत्री, मौसमी, बहु वर्षीय र टिस्यु कल्चर गरिएका सजावटका फूलहरू पनि छन् । यस्तै, मेवा, आँप, अम्बा, किबी, चेरी, एभोकाडो र आरुका उन्नत जातका बिरुवाहरूसमेत उत्पादन र बिक्री भइरहेका छन् । 

बोहोराले साढे तीन रोपनी आफ्नै जग्गा र वार्षिक रु. ५० हजार भाडा तिर्ने गरी एक रोपनी जग्गा भाडामा लिएका छन् । उनलाई बुबा चतुर बहादुर बोहोराले साथ दिँदै आएका छन् । “आफूले अध्ययन गरेको विषयमा व्यवसाय गर्न पाउँदा निकै सन्तुष्ट छु । सैद्धान्तिक सीपलाई व्यवहारमा उतार्न सकिने गरी व्यवसाय गर्दा राम्रै हुँदो रहेछ”, बोहोरा भन्छन्, “यदि, अर्कै काम गरेको भए यस्तो सन्तुष्टि र सफलता नहुन पनि सक्थ्यो! हाल बागलुङसहित म्याग्दी, पर्वत, मुस्ताङका सरकारी कार्यालय, होटेल तथा रिसोर्टमा फूल सजावत र दुबो व्यवस्थापनको काम गरिरहेको छु । नामसँगै दाम पनि छ ।”