२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हमासद्वारा २० जना बन्धक रिहा

अ+ अ-

काठमाडौँ । हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ ।

युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्‍याएको थियो ।

हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ । हमासले बन्धक रिहा गर्ने सहमतिपछि नेपालका विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो ।

तर, हालसम्म जोशीको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन । उनलाई पनि हमासले २०२३ अक्टोबर ७ मै अपहरण गरेर बन्धक बनाएको थियो ।

हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको मद्दतमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो ।

हालै हमासको नियन्त्रणबाट रिहा भएका बन्धकहरूको तस्बिर इजरायली सेनाले सार्वजनिक गरेको छ ।

जसमा जुम्ल्याहा दाजुभाइ गली र जी बर्मन समेत रहेका छन् । उनीहरू रिहाइको खुशीमा आपसमा अंकमाल मारिरहेका देखिन्छन् । रिहाइपछिका तस्बिरमा बन्धकहरू इजरायली सैनिकसँग कुरा गरिरहेको देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत इजरायल पुगेका छन् । ट्रम्पले इजरायली संसद्लाई सम्बोधन गर्ने बताइएको छ । साथै उनले बन्धकका परिवारलाई पनि भेट्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

ट्रम्पले अघि सारेको शान्ति योजना अनुसार अमेरिकासहित इजिप्ट, कतार र टर्की समेतको मध्यस्थतामा इजिप्टको कायरोमा इजरायल र हमासबीच युद्ध रोक्ने सहमति भएको थियो ।