२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाका प्रशासन लहानबाट राहदानी सेवा पुनः नियमित

अ+ अ-

सिरहा । यहाँको लहानस्थित इलाका प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटपछि बन्द रहेको राहदानी सेवा पुनः नियमित गरेको छ । कार्यालय प्रमुख उपसचिव वेदनिधि खनालका अनुसार आवश्यक विद्युतीय उपकरण पुनः जडान भएसँगै सोमबारदेखि सेवा औपचारिक रूपमा पुनः सुरु गरिएको हो ।

“अब नियमित रूपमा राहदानी सेवा दिन थालिएको छ”, उनले भने, “राहदानी विभागबाट प्राप्त कम्प्युटर सेट, स्क्यानर, क्युआर रिडर, सिग्नेचर प्याड, स्ट्यान्ड र क्यामेरासहित विभागसँग लिंक रहेको इन्ट्रानेट जडान भएपछि सेवा पुनः सुरु भएको हो ।” तर सोमबार ‘वेब साइट’मा प्राविधिक समस्या देखिएकाले सो दिन पूर्ण सेवा दिन नसकिएको जनाउँदै उनले आजबाट भने पूर्ण रूपमा सेवा सुरु हुने जानकारी दिए ।

प्रमुख खनालका अनुसार अहिले शाखाबाट दैनिक ५० जनालाई सेवा दिने व्यवस्था गरिएको छ । सेवा सञ्चालनसँगै अनलाइन फर्म रुजु गर्ने, बायोमेट्रिक विवरण लिने कार्य सुरु भएको छ । “यदि सेवाग्राहीले अनलाइन फर्ममा दिएको विवरण र राष्ट्रिय परिचयपत्रमा उल्लेख विवरण मिल्यो भने सम्बन्धित सेवाग्राहीको मोबाइलमा सन्देशमार्फत जानकारी पठाइनेछ”, उनले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा लुटिएको राष्ट्रिय परिचयपत्र शाखाको क्यामेरा फिर्ता भएपछि भने इलाकाले असोज ५ गतेदेखि नै राष्ट्रिय परिचयपत्रको सेवा सुरु गरिसकेको थियो । कार्यालयका शाखा अधिकृत सन्तोष रायका अनुसार अहिले दैनिक करिब ७० जनासम्मको विवरण दर्ता गर्नेगरी सेवा प्रवाह भइरहेको छ, जुन आन्दोलनअघि करिब डेढ सय जनासम्म पुग्ने गरेको थियो ।

उक्त आन्दोलनका क्रममा कार्यालयमा भएको सामान्य आगजनी र तोडफोडबाट करिब रु १५ लाखबराबरको क्षति पुगेको प्रमुख खनालले जानकारी दिए । इलाका प्रशासन कार्यालयले सिराहाको धनगढीमाई नगरपालिकाको १२, १३, १४, लक्ष्मीपुरपतारी गाउँपालिकाको २ र ६, नवराजपुर गाउँपालिकाको १, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिकाको १ देखि ५ नं वडासहित लहान नगरपालिकाको १ देखि २४ नं वडाका नागरिकलाई सेवा दिँदै आएको छ ।