एएफपी । दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको आगामी शिखर सम्मेलनमा हुने थाइल्यान्ड र कम्बोडियाबिचको शान्ति सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने भएको छ ।
आयोजक राष्ट्र मलेसियाका विदेश मन्त्री मोहम्मद हसन अनुसार औपचारिक हस्ताक्षर कार्यक्रममा राष्ट्रपति ट्रम्प सहभागी हुन लगेका हुन् । गत जुलाईमा थाइल्यान्ड र कम्बोडियाबिचको तनाव दशककै सबैभन्दा घातक सैन्य झडपमा परिणत हुँदा ४० जना भन्दा बढी मानिसहरू मारिनुका साथै करिब ३ लाख मानिसहरू विस्थापित भई आफ्नो घर छोड्न बाध्य भएको जनाइएको छ ।
लडाइँ पछि, पनि एक अर्कालाई बारम्बार युद्ध विराम उल्लंघनको आरोप लगाएका दुवै राष्ट्रहरू पछिल्लो समयमा युद्ध विराममा सहमत भएका छन् ।
अक्टोबर २६-२८ मा मलेसियाको राजधानीमा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको साझा संगठन (आसियान) को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपतिले ट्रम्प पनि सहभागी हुने अपेक्षा गरिएको छ ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले द्वन्द्व अन्त्य गर्ने ‘नवीन कूटनीति’ को श्रेय दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरेको बताएका छन् ।







