२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माको गुनासो : ‘म विरुद्ध भ्रम छर्ने काम भयो’ 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफूविरुद्ध गलत र भ्रम छर्ने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सामाजिक सञ्जाल र मिडियाहरूमा आफूविरुद्ध गलत प्रचार भइरहेको बताए ।

पार्टी निर्माण, पुनर्गठन, रूपान्तर, शुद्धीकरण लगायतका सन्दर्भमा विगत दुई वर्षदेखि पार्टीभित्र र विभिन्न तहमा आफूले बहस चलाएको उनले बताए ।

नयाँ युगमा पार्टी कसरी निर्माण गर्ने र नयाँ पुस्तामा नेतृत्व कसरी हस्तान्तरण गर्ने लगायत विषयहरू राखेकै कारण ती बहसलाई डाइभर्ट गर्न आफूविरुद्ध भ्रामक र दुष्प्रचार भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘विशेष गरी अहिले हिजो आज एउटा प्रचार भइराख्या छ कि मैले कुनै अर्को व्यक्तिको नाममा फेरि अर्को पार्टी बनाइरहेको छु भनेर प्रचार गरिएको छ। यो भ्रमपूर्ण एउटा समाचार हो।’

जेनजी आन्दोलनपछि परम्परागत ढंगले पार्टी अघि बढ्न नसक्ने भएकोले नयाँ ढंगले पार्टी निर्माण गर्नु पर्ने भन्दै उनले नयाँ जगमा पार्टी उठाउनका लागि बहस गरिरहेको र गरिरहने उनले बताए ।

उनले भने, ‘नयाँ ढंगले  पार्टी निर्माण गर्नुपर्छ भन्ने बहस गर्दा फलानाको नेतृत्वमा पार्टी बनाउन लाग्यो, यो गरियो भनेर पार्टी भित्रकै साथीहरू”ले अनावश्यक प्रचार गर्ने, भ्रम हाल्ने र जनतालाई भ्रमित पार्ने काम भइरहेको छ । त्यसको म खण्डन गर्न चाहन्छु ।’

उनले अगाडि भने, ‘पार्टी त नयाँ बनाउनै पर्छ । नयाँ ढंगले जानै पर्छ । कि जेनजी आन्दोलनले हामीलाई एउटा स्पष्ट मार्ग निर्देशन गरिसकेको छ । चुनौती खडा गरिसकेको छ । आन्दोलनले कुन ट्रयाकमा जानुपर्छ भन्नेबारेमा स्पष्ट गरिसकेको छ । त्यसलाई स्वीकार गरेर जाने, अहिलेसम्म भएका कमी कमजोरी आत्मालोचना गरेर जानुपर्छ ।’

जेनजी आन्दोलनको ग्राउन्ड तयार गर्ने काम सरकार, राजनीतिक दल, राजनीतिक दलका नेतृत्वले गरेको उनको तर्क छ ।