२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री र बेलायती राजदूतबीच शिष्टाचार भेटवार्ता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ताका क्रममा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक हितका विषय तथा आगामी सहयोगका सम्भावनाहरूमाथि विचार-विमर्श भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले वर्तमान असामान्य परिस्थितिमा बनेको सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्द्धन र तोकिएको समयमै स्वच्छ तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने रहेको स्पष्ट गरिन्। उनले जनताको विश्वास प्राप्त गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्।

यस अवसरमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्ध ऐतिहासिक कालदेखि नै सौहार्दपूर्ण रहेको र भविष्यमा अझ सुदृढ बनाउने इच्छाशक्ति व्यक्त गरेका थिए।

बेलायती राजदूत फेनले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार सधैँ तयार रहेको बताए।