२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने प्रधानमन्त्रीको निष्कर्ष

अ+ अ-

काठमाडौँ । अहिलेका सीमित पदाधिकारीहरूबाट निर्वाचन गराउन कठिनाइ हुने निष्कर्षसहित सरकार निर्वाचन आयोगमा रिक्त पदाधिकारीको नियुक्ति गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।

निर्वाचनसँग सरोकार राख्ने विभिन्न क्षेत्रका सरोकारवालाहरूसँगको छलफल र अन्तरक्रियापछि प्रधानमन्त्री सुशीला कार्कीको टिमले आयोगमा सबै पदाधिकारीहरूको पदपूर्ति गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

‘प्रधानमन्त्रीज्यू निर्वाचन आयोगमा सबै पदाधिकारीहरू चाहिने रहेछ भन्ने निष्कर्षमा पुग्नुभएको छ, अहिलेको अवस्थाबाट मात्रै अघि बढ्दा कठिनाइ हुने देखिएको छ’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो, ‘कुन ढाँचामा कसरी नियुक्ति गर्ने भन्ने टुंगो लागिसकेको छैन । तर प्रमुख निर्वाचन आयुक्त नियुक्ति हुनुपर्ने देखिएको छ ।’

निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र अर्का एक आयुक्तको पद रिक्त छ । दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल सकेर ५ वैशाख, २०८२ मा अवकाश भएदेखि प्रमुख निर्वाचन आयुक्त पद रिक्त छ ।

अहिले निर्वाचन आयोगका बरिष्ठतम आयुक्त रामप्रसाद भण्डारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा छन् । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल अवकाश भएदेखि नै निर्वाचन आयोगमा अर्को आयुक्त पद पनि रिक्त छ ।

प्रधानमन्त्रीले नेतृत्व गर्ने संवैधानिक परिषद्बाट अख्तियारको नयाँ नेतृत्व र रिक्त पदाधिकारी सिफारिस गर्नुपर्ने हुन्छ । अहिले प्रमुख विपक्षी दलका नेता बाहेक संवैधानिक परिषद्मा सबै पदाधिकारी छन् । तर, प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ विशेष समिति क्रियाशील छैन ।

निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गर्दा अहिले प्रधानमन्त्रीलाई दुई विकल्प छन् । पहिलो, अहिलेकै कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्ने र बाँकी आयुक्त सिफारिस गर्ने । दोस्रो, आयोगका पदाधिकारीबाहेक सोझै प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त गर्ने ।

‘तर त्यो तहसम्म छलफल पुगिसकेको छैन,’ प्रधानमन्त्री कार्कीको सचिवालय सम्बद्ध स्रोतले भन्यो, ‘अहिलेलाई त्यहाँ प्रमुख सहित रिक्त आयुक्त नियुक्त गर्नुपर्छ भन्ने निष्कर्ष हो । अरू प्रक्रिया तय भइसकेको छैन ।’