काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णय हुने अपेक्षा गरिएको छ। साथै, केही राजदूत नियुक्तिसम्बन्धी निर्णय पनि हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
प्रशासन विशेष ब्युरो स्रोतका अनुसार दर्जनजति देशका राजदूतहरू फिर्ता बोलाउने र नयाँ राजदूतहरूको नियुक्ति गर्ने तयारी रहेको छ ।







