२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्री अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ। आधारभूत तह (जवान, सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार)का कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएका छन् ।

७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।

‘भीड तहमा खटिने आधारभूत दर्जाका प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी संगठनको मात्रै नभई नेपाल सरकारको नै प्रतिनिधित्व गर्ने हुनाले ती प्रहरी कर्मचारीहरूको कार्य उत्प्रेरणा र सेवा प्रवाहको स्तरबाट नागरिकमा प्रहरीप्रतिको धारणा निर्माण हुन्छ,’ मन्त्री अर्यालले भने ।

जसकारण आधारभूत तहका प्रहरी कर्मचारीको मनोबल उकास्नुपर्ने उनले बताए ।

‘तसर्थ ती प्रहरी कर्मचारीहरूको मनोबल उकास्ने र क्षमता अभिवृद्धि गर्न संगठनको तहबाट हुने कार्यक्रमहरू पहिचान गर्न र मन्त्रालय तथा नेपाल सरकारबाट हुनुपर्ने कार्यहरूको सम्बन्धमा संगठनको तर्फबाट प्रस्ताव गर्नुहुन प्रहरी महानिरीक्षकज्यू प्रति मेरो आग्रह छ,’ उनले भने ।

त्यस्तै आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनलाई गराउनु पर्ने दायित्व पनि प्रहरीसँग रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको लागि पर्याप्त स्रोत साधन उपलब्ध नभएमा कार्यसम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको उल्लेख गरे ।

प्रहरीलाई साधन स्रोत युक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने उनले बताए ।

‘गत असोज १७ गतेदेखिको अविरल वर्षाका कारण सिर्जित विपद्‌मा जनधनको ठुलो क्षति भएको छ । त्यस विपद्‌को घडीमा आफ्नो ज्यान जोखिममा राखेर क्षति न्यूनीकरण विपद्‌ उद्धार तथा राहत वितरण लगायतका कार्यमा खटिने कर्मठ प्रहरी कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु,’ मन्त्री अर्यालले भने ।

नेपाल प्रहरीको जिम्मेवारी बोध र कर्तव्य परायणतामा प्रश्न नरहेता पनि केही सीमित प्रहरी कर्मचारीहरूका आचरण व्यवहार र सेवा प्रवाहका विविध पक्षमा सुधार आवश्यक देखिएको भन्दै त्यसलाई जनमैत्री बनाउनुपर्ने उनले बताए ।

प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन् । जसले गर्दा अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ,’ उनले भने ।

त्यसैले अपराधका खिलाफ तयारी बढाउँदै वर्तमान र भविष्यमा हुन सक्ने चुनौती र अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने हिसाबले नेपाल प्रहरी हरदम तयार हुनुपर्ने उनले बताए ।

नेपाल प्रहरीलाई साधन स्रोतले सुसूचित बनाए देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।