२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैनिक कल्याणकारी कोषबाट १० लाख लाभान्वित

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिएबापत प्राप्त रकमबाट कट्टा गरी स्थापना गरिएको सैनिक कल्याणकारी कोषबाट १० लाखभन्दा बढी हिताधिकारी लाभान्वित भएको नेपाली सेनाले जनाएको छ।

सेनाले विसं २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना गरी सङ्गठनमा कार्यरत सकलदर्जा तथा अवकाश प्राप्त सैनिक र सम्पूर्ण आश्रित परिवारलाई विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

गत असार मसान्तसम्ममा कोषको नगद मौज्दात रु. ७९ अर्ब तीन करोड २५ लाख र लगानी रु सात अर्ब ७१ करोड ५३ लाख गरी कूल सम्पत्ति रु. ८६ अर्ब ७४ करोड ७८ लाख रहेको सेनाले जनाएको छ ।

सेनाले कोषबाट आफ्ना हिताधिकारिलाई शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा आधारित रही विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँदै आइएको युद्ध कार्य निर्देशक मनोज थापाले जानकारी दिए।

कल्याणकारी सुविधामध्ये शिक्षातर्फ हाल १२ वटा महाविद्यालय/विद्यालय, चिकित्सा, पोलिटेक्निक र कृषि गरी पाँच वटा प्राविधिक शिक्षालय र २४० वटा विद्यालयमार्फत हिताधिकारीलाई सुविधा प्रदान गरिएको सेनाले जनाएको छ ।

स्वास्थ्य सेवातर्फ काठमाडौँ उपत्यकामा वीरेन्द्र अस्पताल, उपत्यका बाहिर तीन वटा सैनिक अस्पताल र तीन वटा फिल्ड अस्पतालहरू सञ्चालनमा छन् । जटिल प्रकृतिको रोग लागेका ५३० जना हिताधिकारी स्वास्थ्य सुविधाबाट लाभान्वित भइसकेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा चार लाख ७६ हजार ३४८ जनालाई रु. ७६ करोड ४५ लाख ४० हजार ८०७ बराबरको औषधि तथा औषधिजन्य सामग्री वितरण गरिएको सेनाले जनाएको छ । हालसम्म एक हजार ५८४ जनालाई रु. ४० करोड ७५ लाख २० हजार स्वास्थ्य बिमाबापतको सहुलियत रकम प्रदान गरिएको छ ।

सेनाले सकल दर्जालाई आवास कर्जा, महत्त्वपूर्ण घडेरी कर्जा, परिवार आवास, सुपथ मूल्य क्यान्टिन, लघुवित्त कर्जा र सवारी कर्जा उपलब्ध गराउँदै आएको छ ।

हाल १० वटा मिसनमा ५३८ महिला सैनिकसहित कूल पाँच हजार ८२० जना शान्ति सैनिक तैनाथ रहेका निर्देशक थापाले जानकारी दिए। विश्व शान्ति स्थापनार्थ खटिइएका ७४ सैनिकहरूले जीवनोत्सर्ग गरेका छन् । हाल नेपाली सेना शान्ति स्थापना कार्यका लागि फौज खटाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहेको छ भने महिला सैनिकको सहभागितामा अग्रस्थानमा रहेको छ