भक्तपुर । जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।
मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीको सुकुम्वासी बस्तीमा बस्ने ४० वर्षीय गोपाल विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।
पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउण्ड सात थान बरामद गरिएको छ । पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।







