२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिरिक्त सचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अतिरिक्त सचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार मिश्रविरुद्धको फाइल अदालतमा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ। आयोगका स्रोतले भन्यो, “विशेष अदालतमा भर्खरै आरोप पत्र पेश भएको हो, फाइल रुजु र दर्ता गर्ने काम भइरहेको छ।”

डा. मिश्र केही साताअघि जेन जेड नेतृत्वको सरकार गठनपछि स्वास्थ्य मन्त्रालयमा सक्रिय हुन थालेकी थिइन्। उनको नाम स्वास्थ्य मन्त्रीको रूपमा समेत चर्चामा आएको थियो। तर, सरकारले स्वास्थ्य सचिवका रूपमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि उनी बिदामा बसेकी थिइन्।

स्वास्थ्य मन्त्रीका रूपमा उनको नाम सार्वजनिक रूपमा चर्चामा आएपछि अख्तियारका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोप पत्र दर्ता हुनसक्ने’ जानकारी गराएका थिए। त्यसपछि अचानक उनको नाम मन्त्रीको सूचीबाट हटाइएको थियो।

अख्तियारले मिश्रमाथि स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा गरिएको खरिद प्रक्रियासँग सम्बन्धित अनियमितताको फाइलमा अनुसन्धान पूरा गरी मुद्दा दायर गरेको हो। प्रारम्भिक जानकारी अनुसार खरिदसम्बन्धी निर्णयमा सार्वजनिक पदको दुरुपयोग भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

डा. मिश्र लामो समयसम्म स्वास्थ्य मन्त्रालयका विभिन्न तहमा कार्यरत थिइन्। जेन जेडको आन्दोलनपछि नयाँ सरकार बनेपछि उनको सक्रियता बढेको थियो। मन्त्री बन्ने चर्चा त थियो, तर अख्तियारको अनुसन्धानकै कारण अन्ततः उनी मन्त्री बन्न सकिनन्।