२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गरेको प्रमाण दिन ‘प्रचण्ड’लाई ओलीको चुनौती

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई सिफारिस गर्नका लागि लेखिएको पत्र सार्वजनिक गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् ।

आइतबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो चुनौती दिएका हुन् ।

‘प्रचण्ड’ले हिजोमात्रै एक सार्वजनिक कार्यक्रममार्फत ओलीले कार्कीलाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस पत्र आफूले पढेको दाबी गरेका थिए ।

ओलीले भने ‘प्रचण्ड’लाई चुनौती दिँदै भनेका छन्, ‘मैले त्यही सहमति अनुसार, मैले त्यो भाषामा सिफारिस गरेको थिएँ । परेको बेलामा प्रति त निस्किन्छ । सुशीला कार्कीजीको मैले कतै सिफारिस गरेको छु भने फ्ल्यास गरिदिए हुन्छ । प्रचण्डजीसँग प्रमाण छ भने निकालिदिए हुन्छ त ?’

तर, उनले आफूले देशको परिस्थिति हेरेर राष्ट्रपतिसमक्ष नयाँ सरकारका लागि कामचलाउ प्रधानमन्त्रीको हैसियतमा नयाँ सिफारिस भने गरेको स्वीकारेका छन् ।

उनले राष्ट्रपतिसमक्ष आफूले गरेको सिफारिसको ब्यहोरा समेत सुनाए ।