२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

अ+ अ-

भक्तपुर । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ ।

आज लक्ष्मी पूजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्य विनायक नगरपालिका–७ गुण्डुमा किसानले एक साता अगाडि रु. ३०० प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज रु. ७०० मा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई रु. एक हजारसम्ममा बिक्री गरेका छन् । 

एक किलो सयपत्री फूलको माला बजारमा रु. एक हजार ५०० मा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी निवासी प्रकाश झाले बताए । उनले आज एउटा सयपत्रीको माला रु. एक हजार ५०० का दरले खरिद गरेको जानकारी दिए ।

राधे राधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमीला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन् । उनले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूल खेतीको फूल एक साता अगाडि किलोको रु. ३०० मा बिक्री गरेकोमा आइतबार रु. ६०० मा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन् । 

खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको रु. ८०० मा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको रु. एक हजार ३०० मा आज बिक्री भएको छ । भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उनले मखमली फूलको प्रतिमाला १०० मा बिक्री गरेको जानकारी दिइन् ।

एक साता अगाडि किसानले घर घरमा आएका व्यापारीलाई रु. २५ देखि रु. ३० मा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै रु. ४० देखि रु. ४५ मा बिक्री गरेकाले व्यापारीले रु. १०० सम्ममा बिक्री गरेको बताइन् । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उनले बताइन्  ।

गुण्डुकी पुष्प व्यवसायी गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको रु. ४०० देखि ५०० सम्ममा बिक्री भएको बताइन् । बिचौलियाले फूल र माला बजार पुर्‍याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उनको भनाइ छ ।

पुष्प व्यवसायी अनिता बस्नेतले यस वर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिइन् । उनले सयपत्री फूल र मखमली फूलको माला गरी यस वर्ष रु. पाँच करोडभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले रु. एक लाखदेखि पाँच लाखसम्मको फूल तथा माला बिक्री गरेको बताइन् ।

गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब ३०० रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँ मै आएर फूल र माला खरिदमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको जानकारी दिइन्  ।

बजारमा फूल र मालासँगै लक्ष्मी पूजाको लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ । भोगटे रु. ६० मा बिक्री हुँदै आएकोमा आज रु. १५० सम्ममा बिक्री भएको र बिमिरो रु ३० मा बिक्री हुँदै आएकोमा आज रु. १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाइ मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता भने मारमा परेका छन् ।