२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९२ जना कर्मचारी हटाइयो

अ+ अ-

काठमाडौँ । ९२ जना कर्मचारी हटाइएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिकाले दरबन्दीबाहेकका सबै करार र ज्यालादारीमा कार्यरत ९२ जना कर्मचारीलाई हटाएको हो ।

कात्तिक १ गतेदेखि लागू हुने गरी उनीहरूको सेवा अवधि नथप्ने निर्णय गर्दै कर्मचारी हटाएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिएका छन् ।

हटाइएका कर्मचारीमा सबैभन्दा बढी शिक्षक छन् । शिक्षाबाट २४ जना पालेसहित ६१ जना रहेका छन् । गाउँपालिकाले यसअघि विद्यालयमा दरबन्दीअनुसारका शिक्षक नहुँदा ‘अध्यक्ष शैक्षिक रोजगार कार्यक्रम’मार्फत ३७ जना शिक्षक भर्ना गरेको थियो । त्यसैगरी स्वास्थ्यबाट ११ जनालाई हटाइएको छ। स्विपरसहितका स्वास्थ्यकर्मीहरूलाई हटाइएको हो ।

९ वडा रहेको गाउँपालिकाले स्वास्थ्यकर्मीहरूलाई हटाउँदा स्वास्थ्य संस्थामा सञ्चालन भएका ल्याब सेवा बन्द हुने अवस्थामा पुगेका छन् । त्यस्तै पालिका र वडा कार्यालयमा कार्यरत सबै कम्प्युटर अप्रेटर, कार्यालय सहयोगीदेखि चौथो र पाँचौस्तरका प्राविधिक गरी कूल २० जनालाई हटाइएको अध्यक्ष यादवले बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले सबै पालिकाहरूलाई अस्थायी र करारमा कार्यरत कर्मचारीहरूको सेवा सम्झौता रद्द गर्न परिपत्र गरेको छ । सोही परिपत्रको आधारमा गत असोज २४ गते बसेको कार्यपालिकाको सर्वसम्मत निर्णयले कर्मचारीहरूको सेवा अवधि थप नगर्ने निर्णय गरिएको अध्यक्ष यादवको भनाइ छ ।