काठमाडौँ। मोडल तथा टिकटकर आँचल नाथ भनिने कल्पनाकुमारी नाथ मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता गरिएका प्रतिवादीहरूमा दैलेखको भगवती नगरपालिका-१ घर भएका २६ वर्षीय सन्जु विक, रुकुम चौरजहारी गाउँपालिका-६ घर भएकी अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरु भनिने सरस्वती भण्डारी, कैलालीको गौरीगंगा गाउँपालिका-१ कि २२ वर्षीया राजेश बुढा र सोही ठाउँकी २२ वर्षीया लक्ष्मी बुढा छन् ।
उनीहरूमध्ये सञ्जु मात्रै पक्राउ परेका छन् । बाँकी चार जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा पाँच वर्षसम्म कैदको माग दाबी गरिएको छ ।







