काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही छन् । उनीहरूलाई गएराति र बुधबार बिहान पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूमाथि अनुसन्धान भइरहेको र किन दुर्व्यवहार गरे भन्ने बुझ्ने काम भएको प्रहरीले बताएको छ ।
सोमबार साँझ अधिकारी आफ्नो घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका थिए ।







