२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : ‘भदौ २३ मा ओलीले राजीनामा दिएको भए २४ को विध्वंस हुँदैनथ्यो’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनको क्रममा भदौ २३ गते सरकारले गरेको दमन नेपाली इतिहासमा कहिल्यै बिर्सन नसकिने परिघटना भनेका छन्।

महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘२३ गते जेनजी पुस्ताका नयाँ युवाहरूले गरेको आन्दोलन र त्यो आन्दोलन दबाउन तत्कालीन सरकारले गरेको बर्बर दमन र नृशंस हत्या नेपालको इतिहासमा एउटा कहिले नबिर्सिने परिघटनाको रूपमा स्थापित भई नै सकेको छ।’

‘प्रचण्ड’ले आफ्नो चेतावनीका बाजुद सरकार दमनमा उत्रिएको र युवाहरूको हत्या भएको दाबी गरेका छन्।

‘युवाहरूको असन्तोष खास गरी सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धबाट आक्रोशित युवाहरू आन्दोलनमा आउने घोषणा गरेका थिए,’ उनले थपे, ‘मैले सरकारलाई खबरदार१ युवाहरूले गर्ने आन्दोलनमा बल प्रयोग नगरियोस्, दमनको बाटो नअपनाइयोस्, यति दमन गरियो भने त्यसको परिणाम भयानक हुनेछ भनेर मैले स्ट्याटस लेखेको थिए।’

युवाले आन्दोलनको घोषणा गरे लगत्तै तत्काल सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको उनले स्मरण गरे। ‘यी युवाका मागहरू जायज र सही छन् किनकि ती मागहरू माओवादी केन्द्रले १० वर्षदेखि उठाउँदै आएकै माग थिए,’ उनले भने।

आन्दोलनको पहिलो दिन नै तत्काल केपी ओलीले राजीनामा नदिए परिणाम अझ भयानक हुन्छ भनेर वक्तव्य दिएको स्मरण गरे।

‘हामीले भने अनुसार, खबरदारी गरेअनुसार ओलीले राजीनामा दिएको भए २४ गतेको विध्वंस रोकिन्थ्यो,’ उनले भने, ‘ओलीको अहंकार, दम्भ, मनोगत र प्रतिशोधी भावनाले २४ गते नेपालमा भयानक विध्वंस भयो। केही घण्टा त परिस्थिति यस्तो भयो, नेपाल राज्य विहीनताको जस्तो स्थिति देखा पर्‍यो। तर हाम्रो पार्टीलाई र त्यसको नेतृत्वको हैसियतले मलाई संयोग भनौँ या अवसर भनौँ, म त्यस्तो परिस्थितिमा पनि सबै राजनीतिक दलहरूसँग निरन्तर संवाद गर्ने, राष्ट्रपति र प्रधानसेनापतिसँग निरन्तर वार्ता र संवाद गर्ने अवसर मलाई प्राप्त भयो।’

उनले आफूले देशलाई दुर्घटना हुनबाट बचाउन केही न केही सहजीकरणको भूमिका खेलेको जिकिर गरे। उनले २६ गते राति ९ बजेदेखि बिहान साढे ३ बजेसम्म राष्ट्रपति भवनमा वार्ता गरेको बताए।