काठमाडौँ। २२ दिनदेखि तलब रोकिएपछि फुड डेलिभरी गरेर कर्मचारीले गुजारा गरिरहेका छन् ।
अमेरिकामा धेरै सरकारी कर्मचारीहरू अहिले फुड डेलिभरी वा अस्थायी जागिर गरेर गुजारा गर्न बाध्य छन्। उनीहरू दैनिक आवश्यकता पूरा गर्न र ईएमआई तिर्नका लागि यसो गरिरहेका छन्।
अमेरिकामा जारी सटडाउनका कारण साढे सात लाख सरकारी कर्मचारीहरूको तलब रोकिएको छ।
अमेरिकामा अक्टोबर १ बाट सुरु भएको सरकारी सटडाउन अब २२ औँ दिनमा पुगेको छ।
संसदको माथिल्लो सदन सिनेटमा अक्टोबर २० मा फन्डिङ विधेयकमा ११ औँ पटक मतदान भयो, तर राष्ट्रपति ट्रम्पको प्रस्ताव फेरि पनि खारेज भएको छ। योसँगै यो अमेरिकी इतिहासको दोस्रो सबैभन्दा लामो सटडाउन बनेको छ।







