२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ र ललितपुरमा खाद्य विभागको अनुगमन: सरसफाइ र गुणस्तर कायम गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ र ललितपुरका विभिन्न मिठाई पसल, खाद्य उद्योग, होटेल, रेष्टुरेन्ट र किराना पसलहरूमा अनुगमन तथा निरीक्षण गर्दै सरसफाइ र गुणस्तरसम्बन्धी कमजोरी देखिएपछि सुधारका लागि निर्देशन दिएको छ।

विभागले मङ्गलवार र बुधवार गरी दुई दिनमा गरिएको अनुगमनमा अधिकांश प्रतिष्ठानमा पेष्ट कन्ट्रोल कमजोर, व्यक्तिगत सरसफाइ अपर्याप्त र खाद्य सामग्रीको व्यवस्थापनमा अव्यवस्था देखिएको जनाएको छ।

ललितपुरमा आकाश फुड्स र गणपति स्वीट्समा कमजोरी
मङ्गलवार गरिएको अनुगमनमा ललितपुरस्थित आकाश फुड्समा सरसफाइ सन्तोषजनक नपाइएको र पेष्ट कन्ट्रोल प्रभावकारी नदेखिएको पाइएको छ । तर, खुवा तथा दुग्धजन्य मिठाईको मोबाइल भ्यानमार्फत गरिएको स्टार्च परीक्षण भने अनुकूल देखिएको विभागले जनाएको छ। यससँगै खाद्य स्वच्छता कायम गर्न, पेष्ट कन्ट्रोल प्रभावकारी बनाउन र कोल्ड स्टोरको व्यवस्था गर्न निर्देशन दिइएको छ।

त्यसै गरी, ओम गणपति स्वीट्स प्रा.लि., ललितपुरमा पनि सरसफाइ र पेष्ट कन्ट्रोल सन्तोषजनक नपाइएसँगै व्यक्तिगत सरसफाइमा कमी देखिएको पाइएको छ। प्रयोग गरिएको तेलको टीपीएम भ्यालु ७.५ मापन गरिएको छ। विभागले सुधारात्मक कदम चाल्न निर्देशन दिँदै, दुग्धजन्य मिठाईहरूको परीक्षण परिणाम भने अनुकूल रहेको जनाएको छ।

थापाथलीको राम भण्डारमा अव्यवस्थित रङ्ग र लेबलबिनाको खुवा प्रयोग
काठमाडौँको थापाथलीस्थित राम भण्डारमा गरिएको अनुगमनका क्रममा लेबलबिनाको खुवा खरिद गरी प्रयोग गरिएको, खाद्य रङ्गको अव्यवस्थित प्रयोग गरिएको र व्यक्तिगत सरसफाइ सन्तोषजनक नदेखिएको पाइएको छ। विभागले खाद्य स्वच्छता कायम राख्न, प्रमाणित र लेबल भएका खाद्यवस्तु मात्र प्रयोग गर्न तथा रङ्गको प्रयोगमा मापदण्ड पालना गर्न निर्देशन दिएको छ। साथै, पेष्ट कन्ट्रोल र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइएको छ।

कलङ्की र न्यूलक्ष्मी स्वीट्समा पनि कमजोरी
बुधवार विभागले कलंकीस्थित लड्डुगोपाल फुड्स प्रालिमा गरेको निरीक्षणमा सरसफाइ र पेष्ट कन्ट्रोल दुवै सन्तोषजनक नपाइएको पाइएको छ। त्यहाँ दूधको उपभोग्य मिति गुज्रिएको र केही लड्डु प्याकिङ कटोरीमा मसीजन्य कागज प्रयोग भएको देखिएकाले आगामी दिनमा त्यस्तो प्याकिङ सामग्री प्रयोग नगर्न निर्देशन दिइएको छ। साथै, उपभोग्य मिति गुज्रिएका दुई थान प्रशोधित दूध नष्ट गरिएको छ।

त्यसै गरी, न्यू लक्ष्मी स्वीट्स हाउस, काठमाडौँमा गरिएको अनुगमनमा सरसफाइ सामान्य भए पनि पेष्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक नपाइएको र तेलको टीपीएम भ्यालु ८।५ रहेको पाइएको छ।

विभागले बजारमा पाइने खाद्य वस्तुको गुणस्तर, स्वच्छता र उपभोक्ता स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्न नियमित रूपमा अनुगमन जारी राखेको र थप कडाइ गर्दै लगिने जनाएको छ । विभागले आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिने र मापदण्ड उल्लङ्घन गर्ने संस्थामाथि कानुनी कारबाहीका प्रक्रिया अघि बढाइने विभागको भनाई छ ।